२९ आश्विन २०८३, बिहिबार

धुर्मुस-सुन्तली नयाँ बर्षको धमाका लिएर अमेरिका आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5

– विजय थापा 

डिसी, अमेरिका । अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदायबीच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर सीताराम कट्टेल धुर्मुस तथा कुन्जना घिमिरे सुन्तलीको जोडी सहित अन्य कलाकारहरुको साथमा अमेरिका आउने भएका छन् ।

अमेरिका लाग्नु अगाडी उक्त टोलीले काठमाडौँको अनामनगरमा एक पत्रकार सम्मेलन मार्फत अमेरिका भ्रमणको उद्देश्य, अमेरिकाको बसाई तथा अन्य बिषयमा जानकारी गराएको थियो ।

1पत्रकार सम्मेलनमा गायिका संगीता थापा मगर तथा दोहोरी गायक पशुपति शर्मा देश बाहिर रहेकोले उनीहरु सहभागी हुन् नसकेको जानकारी गराईएको छ ।

२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रममा दोहोरी गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् भने सीताराम कट्टेल धुर्मुस तथा कुन्जना घिमिरे सुन्तलीको जोडीले आफ्नो प्रतिभा देखाउने भएका छन् ।

2कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन् ।

उक्त कार्यक्रम सर्ब प्रथम भर्जिनियामा अप्रिल ४ तारिखमा नोवा कलेजमा हुने भएको छ भने त्यस पछि क्रमस बोस्टन, हुस्टन, डलास, अस्टिन, न्युयोर्क, सिकागो, नेब्रास्का, बाल्टिमोर, नर्थ क्यारोलिना, कोलोराडो, सन् फ्रान्सिस्को, सेन्ट लुईस, पोर्ट ल्याण्ड, सियाटल, लास एन्जेलस लगायत दुई दर्जन भन्दा ज्यादा राज्यहरुका शहरहरुमा प्रस्तुति हुने भएको छ ।

3कलाकारहरु करिब सवा दुई महिना सम्म अमेरिकामा रहने भएका छन् । कार्यक्रम गर्नको अर्को उद्देश्य भुटान, भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नया नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने पनि हो भनि बुद्धि प्रसाद रेग्मीले बताए ।

कार्यक्रमबाट सञ्चित रकम नेपाल फर्केपछि नेपालस्थित अनाथालयहरुको सहयोग गरिने बताइएको छ ।

२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रम को लागि कलाकारहरु पहिलो पटक अमेरिकाको भ्रमणमा आउन लागेका हुन् भन्दै अमेरिकामा यो कार्यक्रम ल्याउने जिम्मेबार लिएका वर्ल्ड बिजनेस म्यनाज मेन्ट एण्ड कन्सल्टेन्ट प्रालिका व्यवस्थापक तथा संयोजक बुद्धि प्रसाद रेग्मीले बताए ।

4