१० कार्तिक २०८३, मंगलबार

जेसीबीले सडक खन्ने क्रममा रुखले च्यापेर एकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

गुल्मी, ४ पुस । चन्द्रकोट गाउँपालिका ८ सल्यारास्थित लु.१ क २३६२ नम्बरको जेसिबिले झुर्मा-किसिकोट नयाँ सडक खन्ने क्रममा सोही ठाउँ बस्ने लिल बहादुर रानाकी ५ वर्षीया छोरी जस्मिन रानाको रुखले च्यापेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

सडकबाट करिब १ सय ५० मिटर तल खेलिरहेकी रानाको माथिबाट खसेको ढुंगा अमलाको रुखमा लागि अमलाको रुखले च्यापेर घट्नास्थलमै मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले जेसिवि चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।