२९ आश्विन २०८३, बिहिबार

मिस नेपालको उपाधि हत्याउने होडबाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिस नेपाल कल्चर–२०१५’ का प्रतियोगीले आ–आफ्नो कला देखाएका छन् । विभिन्न जातजाती तथा समुदायका युवतीबीच सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागीले युवतीले ‘ट्यालेन्ट राउन्ड’अन्र्तगत प्रतिभा देखाएका हुन् ।

युहान इन्टरनेशनल इभेन्ट्स प्रालिले पहिलोपटक आयोजन गर्न गइरहेको ‘मिस नेपाल कल्चर–२०१५’ मा १९ युवती अन्तिम स्पर्धामा जुटेका छन् ।

राजधानीमा बिहीबार आयोजित ‘ट्यालेन्ट राउन्ड’ मा सहभागी युवतीले नृत्य, गायन, अभिनय, आर्टलगायतका कला देखाएका थिए ।

प्रतियोगितामा शर्मिला नेपाल, ज्ञाता न्यौपाने, बोन्नी दाहाल, अपेक्षा ढुंगाना, छायाँ कठ्यात, नमिता लिम्बु, सुप्रिया शाह, सिर्जना राई, दीप्ति पौडेल, मीना तामाङ, यश्मीन राई, सनम घिमिरे, पुनम क्षेत्री, कल्याणी सुवाल, प्रतीक्षा श्रेष्ठ र प्रतिभा दबाडी अन्तिम स्पर्धा गर्दैछन् ।

‘ट्यालेन्ट राउन्ड’ मा अभिनेता तथा मोडल हसन खान, नृत्यांगना भीन्तुना जोशी, गायिका सीमा सिटौला, फ्ल्याई टेकमा प्रबन्ध निर्देशक नाजिर हुसैन, सञ्चारकर्मी तथा मोडल अनिता श्रेष्ठलगायतका निर्णायक मन्डल रहेका थिए ।

‘विविधतामा एकता’ नारा दिइएको ‘मिस नेपाल कल्चर’ मा नेपालको विविध जातजाती तथा समुदायका युवती सहभागी छन् ।

आयोजक संस्थाका निर्देशक सानु खानका अनुसार कला, संस्कृति तथा संस्कार प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।

उनले भने, ‘हामीले विभिन्न जातजातीबाट प्रतियोगी छनोट गरेका छौं, उनीहरु कार्यक्रममा आफ्नो कला, संस्कृति र संस्कार झल्काउने भेषभूषामा प्रस्तुत हुनेछन् ।’ कार्यक्रमको अन्तिम स्पर्धा १६ चैतमा कमलादीस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

IMG_3667

IMG_3625

IMG_3583

IMG_3578

IMG_3506