३ कार्तिक २०८३, मंगलबार

मेलालाई लक्षित गर्दै सवारी जाँचमा कडाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १३ चैत । रामनवमीको अवसरमा हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै सवारीसाधन जाँचमा कडाइ गरिएको छ ।

चालकको लापरवाहीका कारण हुने दुर्घटना न्यूनीकरण गर्न प्रहरीले जाँचमा कडाइ गरेको हो ।

चैत १४ गते लाग्ने मेलामा दर्शन गर्न आउने भक्तजनको चाप उच्च हुने भएकाले सवारी साधनलाई क्षमताभन्दा बढी मान्छे लिएर चलाउन नदिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो ।

काठमाडौँलगायत पूर्वका अन्य ठाँउबाट हलेसी आउँदा प्रवेशद्वारको मुख्य नाका जयरामघाट, सोलुखुम्बु, ओखलढुङ्गाबाट आउँदा पर्ने नाका हिलेपानी र उदयपुरको सदरमुकाम गाईघाटबाट आउँदा भडारेघाट दिक्तेलबाट जाँदा नुनथलालगायतका मुख्य नाका तथा भिडभाड हुने ठाँउमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी उहाँले दिनुभयो ।

राति सवारी साधन चलाउन दिँदा चालकले मदिरा सेवन गर्ने, अनिदोका कारण पनि जथाभावी सवारी साधन चलाउने भएकाले त्यस्तो खतरा हुन नदिन यस्तो नियम लागू गरिएको खरेलको भनाइ छ ।