काठमाडौँ, १२ चैत । संयुक्त राष्ट्र सङ्घ सचिवालयको निमन्त्रणामा राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा आजदेखि शान्ति सेनामा भाग लिने देशका सेना प्रमुखको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति गौरवशम्शेर जबरा गए राति चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सम्मेलनमा शान्ति स्थापना गर्ने कार्यमा फौज पठाउने देशका ज्येष्ठ सेना प्रमुखबीच विद्यमान शान्ति स्थापना कार्यमा देखिएका चुनौतीलगायत अन्य समसामयिक विषयमा छलफल तथा अन्तक्र्रिया हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सम्मेलनमा सहभागी भई प्रधानसेनापति राणा यही चैत २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । प्रधानसेनापति राणाको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपविक्रम राणाले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ जनाइएको छ ।















प्रतिक्रिया