
काठमाडौँ, १ पुस । प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ । दिउँसो दुई बजेदेखि बैठक सुरु भएको हो । सरकारले मंगलबार ल्याएको अध्यादेशका विषयमा बैठकमा छलफल भइरहेको छ । मंगलबार नै पार्टीले सरकारको कदमको विरोध गरेको थियो ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पुर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल, राष्ट्रियसभाका नेता राधेश्याम अधिकारी, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रमेश लेखक, प्रवक्ता विश्वप्रकाश शर्माको सहभागिता रहेको छ ।















प्रतिक्रिया