३ कार्तिक २०८३, मंगलबार

‘नबोली नबोली’ को अपार सफलतापछि प्रविण बेडवाल र समिक्षा अधिकारीको आयाे “लाइदेउ माया”

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । अहिलेका चर्चित गायक प्रबिण बेडवाल तथा गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको गीत “लाइदेउ माया” सार्वजनिक भएको छ ।

करुणा कंडेलको निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यूट्युब च्यानलमार्फत वुधबार सार्वजनिक गरिएको छ । गीतमा गणेश उप्रेतीको शब्द रहेको छ भने संगीत संयोजन पुरुशोत्तम न्यौपानेले गरेका छन् ।

गीतमा प्रखर अभिनयले खारिएका कलाकार दोय सागर लम्साल ‘बले’ र गरिमा शर्माका साथै गीतकार गणेश उप्रेतीको पनि अभिनय देख्न सकिन्छ । यस म्युजिक भिडियोको निर्देशन र सम्पादन शक्ती प्रजोल घिमिरे गरेका छन् भने कथा तथा कोरियोग्राफी प्रबिन थापाले गरेका छन् ।

म्युजिक भिडियोलाई छायांकन नमराज घिमिरेले गरेका छन् । पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा यस गीतमार्फत प्रेम जोडीको रुपमा देखा परेका हुन् ।

निर्माण पक्षले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास लिएको छ । यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर” लगायत गीत सार्वजनिक भाईसकेका छन् ।

हेर्नुस् भिडियाे: