१० कार्तिक २०८३, मंगलबार

भक्तपुरमा पोल्टी फर्ममा लागेको आगोले २७ सय कुखुरा मरे, १५ लाखको क्षति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १ पुस । भक्तपुरमा कुखुरा पोल्टी फर्ममा आगलागी हुँदा प्यारेन्ट जातका २ हजार ७ सय वटा कुखुरा मरेका छन् ।

गएराती चाँगुनारायण नगरपालिका–८ स्थित जितपुरको फर्ममा आगलागी भएको हो । भुषे चुलोबाट सल्किएको थियो । आगलागीले छवालीले छाएको पोल्टीफर्म नष्ट पारेको छ ।

स्थानीय दिपक गिरीले सञ्चालन गरेको उक्त फर्ममा करिब १५ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।