८ कार्तिक २०८३, आइतबार

स्थायी कमिटी अघि ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता जारी छ ।

नेकपाको विवादले नयाँ तरंग ल्याएसँगै उनीहरुबीच वान टु वान वार्ता चलिरहेको स्रोतले जनाएको छ ।

आजै तय भएको स्थायी कमिटी बैठकअघि उनीहरुबीच भएको छलफललाई निकै महत्वका साथ हेरिएको छ ।

सरकारले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्रको विवाद झन् चुलिएको हो । पार्टीका बहुमत नेताले अध्यादेश अनुचित भएको बताउँदै फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

हिजै अध्यक्ष प्रचण्डसहित केही शीर्ष नेताको भेलाले अध्यादेश ल्याइएकोबारे पार्टीमा गम्भीर छलफल गर्ने निर्णय गरिसकेको छ ।

हाल बालुवाटारमा जारी ओली प्रचण्डबीचको छलफलमा विवाद समाधानका प्रयासका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले दावी गरेको छ ।