काठमाडौँ, १२ चैत । बसको ठक्करबाट बालाजुमा आज साँझ एक पैदल यात्रीको मृत्यु भएको छ ।
महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार ठक्करबाट घाइते दुर्गा बस्नेतको मृत्यु भएको छ भने अर्का एक घाइतेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस (नम्बर खुल्न बाँकी) नियन्त्रणमा आएपनि चालक फरार छन् ।















प्रतिक्रिया