गाईघाट (उदयपुर), १२ चैत । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १२ मोहनपुर बस्ने ३८ वर्षीय डम्बरबहादुर विकलाई स्थानीय एक बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
चैत १० गते रातिको समयमा छिमेकी एक १३ वर्र्षीया बालिका सुतिरहेको अवस्थामा बालिकाको घरमा गएर विकले जबर्जस्ती करणी प्रयास गरेका थिए ।
बालिका चिच्याएको आवाज आएर छिमेकीले थाहा पाएपछि विक फरार रहेर गोप्य स्थानमा लुकेका थिए ।
गोप्य स्थानमा लुकीरहेको अवस्थामा प्रहरीले विकलाई आज पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक डिल्ली चौहानले बताउनुभएको छ ।
पीडित बालिकाको पक्षबाट चैत ११ गते नै प्रहरीमा निवेदन परेको कारण आजै विकलाई पक्राउ परेर म्याद थप गरी अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दासमेत दायर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । रासस















प्रतिक्रिया