३ कार्तिक २०८३, मंगलबार

अभिनेत्री चावलाको १५ वर्ष पुरानो झुम्का गायब

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री जुही चावलाले आफ्नो हराएको हिराजडित झुम्का भेट्टाउनेलाई पुरस्कार दिने घोषणा गरेकी छिन् ।

उनको हिरा जडित झुम्का मुम्बई एअरपोर्टमा हराएको थियो । उनले भनेकी छिन्, ‘आइतबार बिहान मुम्बई एअरपोर्टको गेट नम्बर ८ बाट म चेकइन भएकी थिएँ । सुरक्षा चेकअप भयो ।’
‘वीचमा मेरो झुम्का हरायो । यदि कसैले मेरो हराएको झुम्का खोज्न मद्दत गर्छ भने म निकै खुसी भएर पुरस्कार पनि दिने छु’, उनले भनेकी छिन ।

कसैले भेट्टाएर प्रहरीलाई जानकारी दिएपनि पुरस्कार दिने उनले बताएकी छिन् । चावलाले अगाडि भनेकी छिन्, ‘यो मैले १५ वर्षदेखि लगाउँदै आएको झुम्का हो प्लिज खोज्न मद्दत गर्नुस् है ।’ यो पोष्टसंगै उनले आफूले लगाएको झुम्काको फोटो पनि सार्वजनिक गरेकी छिन् ।

उनले एअरपोर्टको खराब सेवाको कारण यात्रुहरुले लामो समय कुर्नुपर्ने भन्दै एअरपोर्ट प्रशासनको आलोचना गरेकी छिन् ।