२९ आश्विन २०८३, बिहिबार

‘लुटेरा’का पनि डन हुन् नायक निखिल उप्रेती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nikhel-uprediकाठमाडौं । नेपाली चलचित्रका नायक निखिल उप्रेती ‘डन’ बनेका छन् । उनी काठमाडौंका लुटेराका डन हुन् । दयाराम दाहाल निर्देशित चलचित्र भैरवमा नायक उप्रेती डनको भूमिकामा प्रस्तुत भएका छन् ।

आफ्नै निर्देशन रहेको फिल्म ‘भैरव’ को छायाँकन सकाएर नायक निखिल उप्रेती एक्सन फिल्म ‘लुटेरा’ को छायाँकनमा व्यस्त भएका हुन् । लुटेरामा पनि निखिल ‘डन’ देखा पर्दैछन् ।

‘फिल्म ‘लुटेरा’ को गेटअपबारे निखिल भन्छन्, ‘क्यारेक्टरको हिसाबले यस्तो भएको हुँ । फिल्ममा मेरो फ्ल्यास व्याक क्यारेक्टर पनि छ ।’- निखिलले बताए ।

निखिलले आफ्नो फिल्म ‘भैरव’ को हेयर स्टाइलसँग मिल्न नजाओस् भन्ने कुरमामा आफु सजग रहेको समेत बताए ।

बसन्तकुमार श्रेष्ठको निर्माण तथा वितरक एवं हल सञ्चालक गोपाल कायस्थले संयुक्त रुपमा निर्माण गर्दै गरेको फिल्म ‘लुटेरा’ मा निखिलसँगै निशा अधिकारी, सविन श्रेष्ठ र हर्षिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।