१० कार्तिक २०८३, मंगलबार

सासंद सिग्देलद्वारा ढोरवराही–पाल्पा रामपुर मोटर बाटोको अवलोकन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ
शुक्लागण्डकी, ३० मंसिर । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडावाट साँखे वजार हुँदै सालडाडा विरुवा ज्याग्दी करिडोर हुँदै पाल्पा रामपुर सम्मको मोटर बाटोको स्त्तरोन्नती हुने भएको छ ।

संघीय सरकारको गत आर्थिक वर्षको २ करोडको वजेटवाट उक्त मोटरमार्गको कालोपत्रे तथा स्त्तरोन्नती हुन लागेको हो । प्रतिनिधिसभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का संघिय सासंद केदार सिग्देलको विशेष पहलमा उक्त मोटरमार्गको स्त्तरोन्नती हुन लागेको हो ।

शुक्लागण्डकीको दुलेगौडा बजारवाट साँखे बजार हुँदै स्याङजाको हरिनाश गाँउपालिकाको सालडाँडा र विरुवा गाँउपालिकाको बजार हुँदै कालीगण्डकी किनार हुँदै चापाकोट नगरपालिका हुदै पाल्पाको रामपुर जोड्ने गरि बाटो निर्माण हुन लागेको हो ।

करिव ५५ किलो मोटरमार्गमा कच्चि सडक निर्माण तथा स्त्तरोन्नती हुने सासंद केदार सिग्देलले बताए । मोटरमार्गको निर्माण पछि तनहुँको शुक्लागण्डकीको दुलेगौडा हुँदै, स्याङजा हुँदै पाल्पा सम्म जोडिने विरुवा गाँउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले बताए । तनहुँ, स्याङजा र पाल्पा जोड्ने यो वाटो सामरिक महत्वको बन्ने सासंद सिग्देलले बताए ।

यसैगरि सो मोटरमार्गका लागि यसै वर्ष खर्च हुने गरि संघिय सरकारवाट ४० लाख समेत विनियोजन गरिएको बताए । विकासका लागि वजेट अभाव नहुने वताउनुहुदै विनियोजित वजेटको कार्यन्वयनका लागी लाग्नुपर्ने बताए ।

कार्यक्रममा सडक डिभिजन कार्यलय तनहुँका ईन्जिनियर, शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमाल, शुक्ला नगरपालिका वडा नं ११ का वडाध्यक्ष दल वहादुर थापा, पुर्व राईपुर गाविसका उपाध्यक्ष थमन आले, नेकपा तनहुँका जिल्ला कार्यलय सचिव राजेश्वर ढकाल लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।