३० आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेट: के गर्छन् भारत समर्थक अब ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Australia-India-Cricketduring the 2015 Cricket World Cup Semi Final match between Australia and India at Sydney Cricket Ground on March 26, 2015 in Sydney, Australia.

– लक्ष्मी काफ्ले / दैनिक नेपाल

भारतीय अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेमी बिराट कोहलीको खेल हेर्न अष्ट्रेलिया पुगिन् । तर, बिराटले एक दर्जन बलको सामना गर्दै मात्र एक रन बनाएर आउट हुँदा अनुष्काको मुहार कस्तो भएको थियो, क्रिकेट हेरिरहने सबैलाई त्यो थाहा छ । अनुष्का त एक उदाहरण मात्र हुन् ।

कप्तान धोनीबाहेक अन्य कसैले राम्रो खेल देखाएनन् । भारत विश्वकपको सेमीफाइनलबाट बाहिरिएपछि अहिले क्रिकेट जगतमै खैलाबैला मच्चिएको छ । भारतीय खेलाडीहरुको आलोचना सुरु भइसकेको छ । भारतको समर्थन गर्न हजारौं भारतीय नागरिक अष्ट्रेलिया पुगेका थिए । लय समातेर समर्थकको मन जित्न सफल भारतले यतिबेला अन्त्यमा आएर सम्पूर्ण समर्थकलाई रुवाएको छ ।