७ कार्तिक २०८३, शनिबार

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलमा

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । सिभिल बैंकले वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाडौँमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी तथा सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका प्रमुख भोलाबहादूर बिष्टले संयूक्त रुपमा गरे ।

अब काठमाडौँको बबरमहलस्थित वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग भुक्तानी गर्न सक्नेछन ।

पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ४ एक्सटेन्सन काउन्टरहरु (यस एक्सटेन्सन काउन्टरसहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।