३० आश्विन २०८३, शुक्रबार

बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण : गभर्नर डा नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr Chiranjibi Nepalकाठमाडौँ, १२ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उद्यमशीलताको विकासका साथै सरकारलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

‘इन्डिपेन्डेन्ट बिजनेस न्युज’ नामक संस्थाले उहाँको सम्मानमा आज आयोजना गरेको एक कार्यक्रममा उहाँले निजी क्षेत्र अर्थतन्त्रको संवाहक भएकाले आर्थिक वृद्धिमा सघाउने गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अर्थतन्त्रलाई उँभो लगाउने केन्द्रीय बैंकको प्राथमिकतामा सक्रिय सहयोगको अपेक्षा आफूले बैंक तथा वित्तीय संस्थाबाट गरेको बताउँदै भन्नुभयो–“सुशासन, वित्तीय सुशासन, सुदृढीकरणका लागि सम्झौता गर्न सकिँदैन ।”

निजी क्षेत्रसँग सहजकर्ताको भूमिकामा राष्ट्र बैंकले काम गर्ने र ऐननियम निर्देशिका बनाएर स्वतन्त्र ढङ्गले काम गर्न दिने वातावरण बनाउनुपर्ने मान्यतामा आफू दृढ रहेको उहाँले बताउनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेलले कृषि क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले दिएको निर्देशनलाई बैंक तथा वित्तीय संस्थाहरुले सकारात्मक रुपमा लिएका भएता पनि कृषि उपकरण, सिँचाइ, बीउबिजनजस्ता आधारभूत वस्तुको सुनिश्चितता गर्न सरकारसँग आग्रह गर्नुभयो ।