३ कार्तिक २०८३, मंगलबार

कोरोनाले पारेको असरबारे सर्ट फिल्म ‘आधा लभ स्टोरी’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ मंसिर । कोभिड–१९ को कारण लागु गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक असरका बारेमा सर्ट फिल्म ‘आधा लभ स्टोरी’ निर्माण गरिएको छ ।

धरानमा छायांकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन् ।

फिल्ममा सैव श्रेष्ठ, पवित्र शंकर, अनिता राई, रुपेन परियार, विशाल भण्डारी, विशाल श्रेष्ठ, विमस पौडेल, प्रिया कार्की, याशिन राई, अनुष्का आसमी, विद्या चौहान, आस्था आसमी, पवन तामाङ, राहुल ठाकुर, अविरल मगर, रिया सेन्चुरी र निकिता धमलाको अभिनय छ ।

निर्देशक तामाङले लकडाउनको बेला धेरै मान्छेहरु प्रस्ट्रेसनले गर्दा आत्महत्या र अन्य गलत बाटोमा लागेका कारण फिल्मको माध्यमबाट युवा पिढीहरुलाई सही मार्गमा ल्याउन उनीहरुलाई क्रियाशिल बनाउन फिल्म निर्माण गरिएको बताए । फिल्म प्रशान्त क्रिएसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो लिंक: