३० आश्विन २०८३, शुक्रबार

कतारमा संयोजक प्रो.मियाँ एनएचआरएफ साहित्यबाट सम्मानित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । राष्ट्रिय मानवअधिकार समिति कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मियाँ एनएचआरएफ साहित्य सम्मान २०२० बाट सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेसन तथा एनएचआरएफ फाउन्डेसनको संयुक्त कमिटीले मियाँलाई सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय मानवअधिकार तथा मानव कल्याणकारी संगठनले आफ्नो स्थापनाको दोश्रो वर्षिक उत्सव तथा ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०२० को अवसर पारेर बिश्वका विभिन्न नागरिकहरूलाइ सम्मान गर्ने क्रममा मियाँलाई पनि सम्मानित गरेको हो ।

खाडी मुलुक लगानी विशेष गरि कतार तथा त्यहाँको शरिया कानून र अरेबिक भाषाका विज्ञ समेत रहेका मियाँ लामो समयदेखि कतारमा बसेर नेपाल कतारबीचको सम्बन्ध विस्तार तथा नेपालीहरूको हक हित तथा अधिकारका लागि उल्लेख्य कार्यहरू गर्दै आएका छन् ।

मियाँलाई उक्त संस्थाले यस वर्षको साहित्यतर्फको विधामा सम्मान गरेको हो । मियाँसहित यो वर्ष विभिन्न देशका नागरिक गरी ३३ जना सम्मानित भएका छन् ।

२००७ मा कतार प्रवेश गरेका प्रोफेसर मियाँ मानवअधिकार तथा प्रोटोकल एवं अन्तर्राष्ट्रिय विषयमा अध्ययनरत छन् । मियाँले अरबी भाषा साहित्यमा डबल एमए गरेका छन् ।

विश्वका दर्जनौं मानवअधिकारवादी संघ संस्थाहरूका प्रतिनिधी चयन गर्ने क्रममा राष्ट्रिय समाज रत्न सम्मानबाट सम्मानित प्रोफेसर मियाँलाई कतारस्थित प्रतिनिधिको रुपमा चयन गरेका छन् ।

यसअघि पनि प्रोफेसर मियाँले कतारको श्रम ऐन लगायत कतारको विभिन्न ऐन तथा कानूनी पुस्तकहरू नेपाली भाषामा अनुवाद गरिसकेका छन् ।

नेपाल–भारत लगायत विश्वको विभिन्न बिधामा उल्लेखनीय योगदान दिने बिशिष्ट ब्यक्तित्वहरूलाई सम्मान गरिने क्रममा सम्मानित हुने मियाँ पहिलो नेपाली हुन् । मियाँलाई यसै वर्षको अन्तिममा भारत समाज सेवा रत्नबाट पनि बिभुषित गरिंदैछ ।