३ कार्तिक २०८३, मंगलबार

कांग्रेसले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं ‘प्रजातन्त्र सेनानी’ श्यामलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंसिर २६, २७ र २८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

त्यसैगरी मंसिर २८ गते आइतबार (भोलि) केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने निर्णय पनि पार्टीले गरेको छ ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, काठमाडौं जिल्लाका पूर्वसभापति, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी ८० वर्षीय श्यामलाल श्रेष्ठको हिजो शुक्रबार निधन भएको थियो ।

२०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका स्वर्गीय श्रेष्ठले पटक–पटक गरी १७ वर्ष भन्दा लामो समयसम्म बन्दी जेल जीवन बिताएका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता श्यामलाल श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित रहेको कांग्रेसले जनाएको छ ।