३ कार्तिक २०८३, मंगलबार

नारायण रायमाझी र शर्मिला गुरुङले गाएको ‘राम्दी पुल’ गीतको भिडियो सार्वजनिक

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक नारायण रायमाझी र शर्मिला गुरुङको स्वरमा रहेको गीत ‘राम्दी पुल’ को भिडियो सार्वजनिक भएको छ ।

विश्वव्यापी कोभिड–१९ ले परदेशी २ फिल्मको शुटिंग रोकिएसँगै पुराना आफ्ना शृजनाहरुलाई लाईभ रेकर्डिङ मार्फत स्रष्टामाझ पस्किरहेका रायमाझीले यतिबेला निकै लोकप्रिय धेरै नेपालीको मन जित्न सफल ‘राम्दी पुल’ बोलको गीत पुनः रेकर्डिंग गरेर सार्वजनिक गरेका हुन् ।

रायमाझीका गीत प्रायः कालजयी छन् । उनका हरेक गीतले नेपालको लोक परिवेश बोलेको हुन्छ । माटो र भोगाईका गीत हुन्छन । आज ६० लाख बढी नेपाली आफ्नो रोजीरोटीको लागी परदेशमा मजदुरी गर्न विवश छन् । गीतले तिनै नेपालीको पिडा बोलेको छ ।

‘राम्दी पुल तरने बित्तिकै बाँचे भेट मरे त यत्तिकै’ यो गीतका हरेक शब्द मुटुमा बिझाउने खालका छन् ।

राम्दी पुल स्रोताको मनमा राज गरिसकेको गीत हो । कल्याण शेरचनले लय दिएको गीतमा पुरानी चर्चित गायिका शर्मिला गुरुङ र नारायण रायमाझीले स्वर दिएका छन् ।

गीतको रचना कल्याण शेरचन र स्वयंं रायमाझीले गरेका हुन् ।

भिडियो हेर्नुहोस्–