महेन्द्रनगर, १२ चैत । कञ्चनपुरमा एक युवकले मदिरा सेवन गरि बुवाले आफ्नी आमालाई पिटेको भन्दै झोकमा बुवाको हत्या गरेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ५का १७ वर्षिया अर्जुन आचार्यले ४५ वर्षिया बुवा हरिराम आचार्यको छुरा प्रहार गरि हत्या गरिदिएका छन् ।
ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार गएराति घरयासी विवाद भएका बेला हरिरामले आफ्नी श्रीमतीलाई कुटपिट गरेपछि छोराले झोकमा आएर बुबाको हत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख युवराज भण्डारीले हत्यारालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
पक्राउ परेका अर्जुनले प्रहरी समक्ष बुवाले मदिरा सेवन गरि आमालाई पिटिरहेको अवस्थामा आफुले सम्झाउन खोज्दा नमानेपछि पहिलो चोटी पेटमा चक्कु हानेको र दोस्रो पटक घाँटीमै छुरा प्रहार गरेको बयान दिएका छन् ।
मृतकको पोष्टमाष्र्टका लागि बेलौरी प्राथामिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
समाजमा बड्दो अपराधले आफ्नै छोराले बुवाको हत्या गरेको घटनालाई लिएर बेलौरीका स्थानियहरु चिन्तित बनेका छन् । घटना बारे थप अनुसन्धान भईरहेको बेलौरी प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया