३ कार्तिक २०८३, मंगलबार

लोग्नेले दाइजो नल्याएको भन्दै स्वास्नीको घाँटी भाँचिदिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kutpitधनगढी, १२ चैत । दाईजो नल्याएको भन्दै धनगढीमा एक दम्पत्तीबीच विवाद भएको छ । दाईजो माग्दै स्वास्नीलाई कुटेर लोग्नेले घाँटी भाँचिदिएका छन् ।

यो घटना कैलालीको धनगढीमा बुधबार भएको हो । लोग्नेले कुटपिट गर्दा २२ वर्षीय प्रतिभा चन्दको घाँटी बांगिएको छ भने टाउकोमा पाँचवटा टाँका लागेका छन् ।

धनगढी ३ बोडाडाँडीका २२ वर्षीय प्रतिभा चन्दलाई दाइजो नल्याएको भन्दै सासु, ससुरा र श्रीमानले कुटपिट गर्दा घाँटी भाँचिएको हो ।

उनको अहिले धनगढीस्थित उत्तरबेहेडीको नवजीवन अस्पतालमा उपचार भईरहेको छ । कुटपिट गरेपछि उनी भागेर माईत गएकी थिईन् ।

प्रतिभाको ५ वर्ष अगाडि बिर बहादुर चन्दसंग प्रेम विवाह भएको थियो । विवाहको मिति देखि नै दाइजो नल्याएको भन्दै सासु राम कुमारी चन्द, ससुरा प्रेम चन्द र देवर गणेश चन्दले मानसिक तथा शारीरिक यातना दिदै आएका थिए ।

श्रीमानले पनि कुटपिट र गाली बेईजती गरेपछि न्यायका लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएकी प्रतिभाको मुद्दा श्रीमान पक्षधरको दबावमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पीडक परिवारले प्रहरीमा उजुरी नदिन पीडित प्रतिभालाई धम्की दबाब दिँदै आइरहेका थिए । प्रहरीमा पीडकको पहुँच भएकाले महिला हिंसाको घटना मिलापत्रमा टुङ्गिगएको बताइएको छ ।