२८ आश्विन २०८३, बुधबार

यी हुन् छ वटी महिलालाई एकै पटक गर्भवती बनाउने व्यक्ति

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाइजेरिया । नाइजेरियाली एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरूलाई सार्वजनिक गर्दै पेटमा आफ्नो सन्तान रहेको दावी गरेका छन् ।

माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरूसँग सामूहिक तस्बिर समेत खिचेका छन् । उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरे । अभिनेता विलियम्स उचेम्बाको विवाह समारोहमा शनिबार उनले यस्तो खुलासा गरेका हुन् ।

नाइटक्लबका मालिक समेत रहेका ती पुरुषले आफ्नो नामको अगाडि आफैँ सुन्दर उपनाम दिने गरेका छन् । उनी आफूलाई प्रिटी माइक भनी चिनाउँछन् ।

उनले ती ६ महिलाको गर्भ आफ्नै कारण भएको र उनीहरुले जन्माउँदै गरेका सन्तान आफ्नै भएको दावी गरिरहँदा विवाह समारोहका अतिथिहरू चकित परेका थिए ।