
काठमाडौँ, २२ मंसिर । अभिनेत्री श्वेता खड्का विवाह बन्धन बाँधिएकी छन् ।
खड्का धनगढीका विजयेन्द्र सिंह रावतसँग वैवाहिक जीवन सुरु गर्दैछिन् ।
उनीहरुको काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको समारोह चलिरहेको छ । कोरोना संक्रमणको जोखिमका कारण विवाहमा दुवैतर्फका सिमित मान्छेहरुलाई आमन्त्रण गरिएको छ ।
विवाह अघि मेहेन्दी समारोह पनि गरिएको थियो भने थुप्रै कलाकारहरुले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै शुभकामना दिइरहेका छन् ।


















प्रतिक्रिया