७ कार्तिक २०८३, शनिबार

कामना सेवा विकास बैंकको लोक गायक सुरेश गन्धर्वलाई ५० हजार सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । कामना सेवा विकास बैंकले कुनै समय श्रोता माझ निकै लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक सुरेश गन्धर्वलाई उपचारका लागि सहयोग स्वरुप ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेरदेखि नै सारङ्गी बजाउदै आफ्नो सुरिलो स्वरले गाउँदै धेरै श्रोताको मन जित्न सफल भएका थिए भने २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड भएको थियो ।

“रिंकीबुङको राँगोलाई…..चुङकेबुङको चुलेसीले” गीतका चर्चीत गायक सुरेश गन्धर्व पछिल्लो केही समय यता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर, थाइराइड जस्ता रोगहरूबाट पीडित रहेका छन् ।

सहयोग स्वरुपको चेक कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्वको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका थिए ।

सो सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरि प्रदान गरिएको बैंकका प्रदेश नं. १ प्रमुख छाराहाङले जानकारी दिए ।

काठमाडौँ ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्पmत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एबीएस, एसएमएस, एसएमएस बैंकिंग, मोबाइल बैंकिंग, सी-एएसबीए, अनलाइन अकाउन्ट ओपनिंग, इन्टरनेट बैंकिंग, सोसल मिडिया बैंकिंग लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।