७ कार्तिक २०८३, शनिबार

एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपालबीच सम्झौता

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडमा कार्ड प्रयोग बापत प्याथोलोजी सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार बैंकका गा्रहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडका क्षेत्रीय बिक्री प्रबन्धक प्रविन कुमार सिंहका बिच सम्पन्न भयो ।