भक्तपुर । बयानका लागि भक्तपुर जिल्ला अदालत पुर्याइएका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजले दोश्रो पल्ट पनि बयान दिन मानेनन् ।
क्यानाडेली नागरिक लरेन्ट अर्माण्ड क्यारिरेको हत्या अभियोगमा मुद्दा खेपिरहेका शोभराजको पेशी जेठ ५ मा तोकिए बमोजिम सोमबार उपस्थित गराइयो । तर, उनले विभिन्न बहाना बनाई बयान दिन नमानेको जिल्ला अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले बताए ।
शोभराजले आफूविरुद्धको मिसिलको नक्कल मागेपछि उपलब्ध गराउने गरी पेशी फेरी ८ दिनका लागि तोकिएको थियो । तर ‘शोभराजले ४ सेट २ सय पेजको अध्ययन मात्र गरी रह्यो’ जिल्ला न्यायाधिवक्ता भरतमणी रिजालले भने ‘उल्टो नक्कल मिसिल लियो, अध्ययन गर्न पाइन भन्दै ट्रान्सलेट माग्यो, आलटाल गरिरह्यो ।’ आलटालमै समय बितेपछि अदालतले पुनः मङ्गलबार बिहान १० बजेको समय तोकेको छ ।
०३२ पुस ६ मा लरेन्टको हत्या गरी शवको लिङ्ग पहिचान समेत गर्न नसक्ने अवस्थामा भक्तपुरको पंलासेमा फेला परेको थियो । शोभराजविरुद्ध भक्तपुर चित्तपोलका तत्कालीन गाउँका पञ्च गोकर्णबहादुर कार्कीले डिसेम्बर १, १९७५ मा मुद्दा दायर गरेका थिए ।
०३२ पुस ८ मा पेप्सीकोलामा भएको कोनी जो ब्रोनिजको हत्या अभियोगको सुनुवाई क्रममा लरेन्टको हत्यामा समेत शोभराजको संलग्नता रहेको तथ्य भक्तपुर अदालतमा पेश भएको थियो । उनको पक्षमा मुद्दा हेरिरहेकी वकिल (उनकी सासु) शकुन्तला थापाले भने कम्तीमा पनि एक साताको समय दिनुपर्ने र आजको भोली नै निर्णय हुन नसक्ने बताएकी छन् । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया