काठमाडौं । बलिउडकी चर्चित नायिका मनिषा कोइराला दुई वर्षको विश्रामपछि तमिल तथा कन्नड भाषामा निर्माण भइरहेको फिल्म ‘गेम’ बाट अभिनयमा फर्किएकी छन् ।
आफ्नो ट्विटरमा लेख्दै मनिषाले चलचित्र बजारमा फर्किएको खुलासा गरेकी हुन् । ट्विटरबाट उक्त फिल्मको छायाँकनको पहिलो दिन नै मनिषाले आफ्नो ‘लुक’ समेत पोस्ट गरेकी छन् ।
ट्वीटमा फोटो अपलोड गर्दै मनिषाले पहिलो दिनको सुटिङले फिल्ममा बिताएका पुराना दिनहरुको सम्झना गराएको बताएकी छिन् ।
एएमआर रमेशको निर्देशन रहने फिल्ममा अर्जुन सर्जा एवम् सामको पनि अभिनय रहनेछ । यो फिल्म ‘मर्डर मिस्ट्री’ मा आधारित हुने बताइएको छ ।
नेपाली व्यावसायी सम्राट दाहालसँगैको असफल वैवाहिक जीवन र पाठेघरको क्यान्सरका कारण नेपाली चेली अभिनयबाट टाढिएकी थिइन् ।
एक समयकी बलिउडकी ‘टप एक्ट्रेस’ केही महिना अघि मात्रै अभिनयबाट सन्यास लिने, नलिने बारे सोच्दै गरेको बताएकी थिइन् । उनको केही महिनाअघि मात्रै स्नत क्यान्सरको सफल शल्यक्रिया भएको थियो ।















प्रतिक्रिया