बेनी (म्याग्दी), ११ चैत । नेपाली सेनाको म्याग्दीस्थित इन्द्रबक्स गणले विगत छ महिनादेखि अवरुद्ध बृहत् घोप्टेखोला खानेपानी आयोजनाको मर्मत गरी मङ्गलबारदेखि खानेपानी सुचारु गरेको छ ।
म्याग्दीको अर्थुङ्गेस्थित इन्द्रबक्स गणका सहसेनानी दीपेन्द्र शाहीको नेतृत्वमा गएको ३९ जनाको टोलीले पहिरो पन्छाएर पाइपलाइन मर्मत गरेपछि मङ्गलबारदेखि खानेपानी सुचारु भएको स्थानीय शिव बानियाँले जानकारी दिनुभयो ।
गत कात्तिकमा आएको पहिरोका कारण खानेपानी अवरुद्ध भएपछि जिल्लाको पुलाचौर, पात्लेखेत, घतान, अर्थुङ्गलगायतका गाउँका सयौँ बासिन्दा समस्यामा परेका थिए ।
सेनाले घतानको डावामा २२ मिटर पहिरो पन्छाउनुका साथै पाखापानीको घोप्टेखोलासम्मको पाइपलाइन मर्मत गरेको जनाएको छ । रासस















प्रतिक्रिया