३ कार्तिक २०८३, मंगलबार

सप्तरीमा एक महिलाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ११ चैत । सप्तरीको तैरोहता गाविसमा आज एक महिलाको हत्या भएको छ ।

घरायसी विवादका कारण उदयपुर लासा–७ घर भई हाल सप्तरीको तैरोहता गाविस–५ नयाँ बस्तीमा बस्दै आएका ३० वर्षीया नरेश राईले घरायसी विवादमा कुटपिट गर्दा २७ वर्षीया श्रीमती सन्तोषी चौधरी (राई)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

हत्या गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।