९ कार्तिक २०८३, सोमबार

रुकम जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । रुकुममा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित दाँजेमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु पुष्टि भएको हो ।

जसमा ४ जनाको घटनास्थलमै र एक जना ५८ वर्षीय लाल बहादुर नेपालीको अस्प्ताल लैजानले क्रममा बाटोमै मृत्यु भएको हो ।

शुक्रबार राति आठबिसकोट–१० घारीखोला जाँदै गरेको ग. १ ज ५८९ नम्बरको जन्तीको जीप सडकबाट १ सय मिटर तल खसेको थियो ।

द्र्घटनामा घटनास्थलमै मृत्यु हुनेमा आठबिसकोट–८ बस्ने कलीभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपाली रहेका छन् ।

चालक र जीपका साहुलाई प्रहरीले नियन्त्रण गरेको छ ।