काठमाडौं । कैदीको उपचारका लागि अस्पताल गएका प्रहरी जवान वेश्यालयमा भेटिएपछि हंगामा मच्चिएको छ ।
दिउँसोतिर कैदीलाई उपचारका लागि अस्पताल लगेर गएका प्रहरी जवानलाई यौन लिला गरिरहदा राति १० बजे वेश्यालयबाट रंगेहात पक्राउ गरिएको हो ।
यो घटना भारतको झारखण्डको हो । झारखण्ड प्रहरीका तीन जना जवानलाई पश्चिम बंगाल प्रहरीले छापा मारेर वेश्यालयबाट रंगेहात पक्राउ गरेको हो ।
प्रहरी अधिकारीका अनुसार झारखण्डको कोडरमा जिल्लाका तीन प्रहरी जवानलाई गएको शुक्रवार कोलकाताको बर्दवान जिल्लाको एक वेश्यालयबाट पक्राउ गरिएको थियो । प्रहरी जवानसँगै ड्राइभरलाई पनि नियन्त्रणमा लिइएको छ ।
रंगेहात पक्राउ परेका तिनै जना प्रहरी जवानलाई अहिले हिरासतमा राखिएको छ । साथै प्रहरी केन्द्रीय विभागले निलम्बन समेत गरेको छ । घटना अनुसार अस्पतालमा उपचार गराउन गएका कैदी ज्यान मुद्दामा दोषी हुन् ।
उनी अस्पतालमा २० वर्षको जेल सजाय भोगिरहेका छन् । उपचार सकिएपछि उनी आफै रेल चढेर कारागार गएका थिए । प्रहरी जवानहरुलाई अस्पतालमा समय लाग्ने बताएपछि मस्ती गर्न वेश्यालय गएका थिए ।
उपचार सकिएपछि ति कैदी सिधै कारागार गए । र प्रशासनलाई प्रहरी जवानहरु वेश्यालय मस्ती गर्न गएको बारे बताए । जसअनुसार वेश्यालयमा प्रहरीले छापा हान्यो । तिन जना प्रहरी जवान रंगेहात पक्राउ परे ।
ड्युटीमा खटिएका प्रहरी वेश्यालय जादा निलम्बित भएका छन् । साथै २ देखि ३ वर्षसम्म जेल सजाय हुने भारतीय सुरक्षाबलका अधिकारीहरुले बताएका छन् । एजेन्सीको सहयोगमा













प्रतिक्रिया