७ कार्तिक २०८३, शनिबार

एनआईसी एशिया बैंकले फोटो प्रतियोगिता गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले आफ्ना ग्राहक एवं अन्य महानुभावहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा वहाँहरूले कैद गरेका फोटोलाई स्थान दिने योजनाअनुरुप यस प्रतियोगिताको आयोजना गरेको हो ।

यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभइ बैंकले उचित नगद पुरस्कारको व्यवस्था समेत गरेको छ ।