७ कार्तिक २०८३, शनिबार

सिभिल बैंक लिमिटेडको दशौँ वार्षिकोत्सव विविध कार्यक्रमहरु गरी मनाईयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक वुधबार १० वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको छ ।

सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ट समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंँ वार्षिकोत्सव मनाएको छ ।

सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुः

– कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुबाट प्रतिवद्दता
– बैंकले “हाम्रो टिम नेपाल” सँग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना

– बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेविनार कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए भने बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छा राज तामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहकमहानुभावहरु, नियमनकारी निकाय, पत्रकार/मिडियाकर्मी मित्रहरु, शेयरधनी तथा प्रबद्र्धक मित्रहरु त्था अन्य सम्पूर्ण शुभचिन्तक महानुभावहरु प्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेका थिए ।