९ कार्तिक २०८३, सोमबार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा रामग्राम नगरपालिकाको सचेतनामुलक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

-मोहन पौडेल

परासी, १० मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।

अभियान हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाउने गरिन्छ । यसै अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको अगुवाईमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिदैँछ ।

रामग्राम नगरपालिकाको सभाहलमा आज एक कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख नरेन्द्र गुप्ताले अभियानको माध्यमबाट पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले लैङ्गिक हिंसा अन्तयका लागि नगरपालिकाले पथमिकताका साथ कार्यक्रम र बजेट विनियोजन गर्दै आएको बताए ।

रामग्राम नगर उपप्रमुख रम्भा कुंवरले लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको एक्येवद्धता र सहकार्यबाट सम्भव रहेको उल्लेख गरे । हिंसा न्यूनीकरणका लागि महिला र पुरुष सँगसँगै हातेमालो गरी अघि बढ्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा रामग्राम–५ का वडाध्यक्ष विनोद कुंवर, कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, पृथ्वीचन्द्र अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदा, नगरपालिकाका अधिकृत खेमराज ढकाल(राजु), महिला तथा बालबालिका शाखा प्रमुख तारा अर्याल, सुआहाराका तीर्थ ढुंगाना लगायतले घरेलु हिंसा, मानव बेचविखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मुल गर्न सबै सक्रिय हुनुपर्नेमा जोड दिए ।

अभियान अन्र्तगत मंसिर ११ गते यौनिक तथा अल्पसंख्यक समुदाय र महिला समूहबीच अनुशिक्षण, १२ र १३ गते रेडियो बहस, १४ गते किशोरी र प्रहरीबीच अन्र्तक्रिया, १५ गते वडा नं. ९ मा अन्र्तक्रिया, १६ गते वडा नं. १८ मा ओसीएमसी अन्र्तक्रिया, १७ गते यूवा सचेतना समूहसँग अन्र्तक्रिया, १८ गते अपांगता भएका व्यक्तिहरुसँग अन्र्तक्रिया, १९ गते अनुशिक्षण, २० गते ७ र ४ नम्बर वडामा घरदैलो कार्यक्रम, २१ गते १४ नम्बर वडामा विद्यालय अन्र्तक्रिया, २२ गते १६ नम्बर वडामा अन्र्तक्रिया, २३ गते ३ नम्बर वडामा मुस्लिम समुदायसँग अन्र्तक्रिया , २४ गते वडा नं. १ मा दलित किशोरी र प्रहरीबीच अन्र्तक्रिया, २५ गते मानव अधिकार अन्र्तक्रिया तथा समापन कार्यक्रम गरिने नगर उपप्रमुख कुंवरले जानकारी दिए ।