९ कार्तिक २०८३, सोमबार

नेकपा विभाजन हुने अवस्थामा पुग्दैन: मन्त्री त्रिपाठी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताएका छन् ।

स्वतन्त्र राजनीतिक समूह नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहनुभएका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गरे ।

आयोजक समूहका संयोजक त्रिपाठीले भने, ‘अहिलेको आवश्यकता भनेको वैचारिक÷राजनीतिक बहस हो, वैचारिक बहस भएमा मुलुक सही दिशातर्फ अग्रसर हुन्छ ।’

अर्को प्रसङ्गमा मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटेपछि संसद्को आगामी अधिवेशन बोलाइने जानकारी दिए । –रासस