९ कार्तिक २०८३, सोमबार

कक्षा १२ को परीक्षामा मोबाइल हेर्दै लेख्दै गरेको भिडियो भाइरल, के परीक्षा रद्द होला ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा चिट चोरेको भिडियो भाइरल भएको छ ।

विद्यार्थीहरुले परीक्षा हलमा मोबाइलको स्क्रिन हेरेर चिट चोरेर लेख्दै गरेको २६ सेकेण्डको भिडियो भाइरल भएको छ । हलमा निरीक्षक भने देखिदैनन् ।

भिडियो खिच्ने विद्यार्थीले भनिरहेका छन्, ‘इग्जयाम भनेको यही हो है केटाहरु हो, सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उता पनि मोबाइलमा हो सब केटाहरु, सर छैन । यही हो है केटाहरु इग्जाम भनेको यही हो । मेरो सकिसक्यो ।’

यो भिडियो कुन केन्द्रको भन्ने खुलेको छैन । यद्यपि फेसबुक र टिकटकमा यो भाइरल भइरहेको छ ।

राष्ट्रिय शिक्षा परीक्षा बोर्डले यस प्रकरणबारे परीक्षा रद्द गर्न सकिने बताएको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले कुन कलेज र केन्द्रमा यस्तो भएको आफूलाई जानकारी नआएको बताएका छन् । उनले यसबारे जानकारी दिन आग्रह गर्दै परीक्षा रद्द गर्न सकिने बताएका हुन् ।