९ कार्तिक २०८३, सोमबार

पार्टीको पद्धतिलाई आत्मसात् गरे सबै समस्याको समाधान हुन्छ: नेता नेपाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसकिने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीको सरुवाबढुवामा देखिएका अनियमिता समाप्त पार्न गुणदोषका आधारमा मूल्याङ्कन गर्ने पद्धतिको विकास आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेता नेपालले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेकाले मास्कको प्रयोग, भौतिक दूरीको पालना र स्वाथ्य सचेतता अपनाउन सबैलाई आग्रह गरे ।

नेपाल कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई पूर्वप्रधानमन्त्री नेपालले सम्मान गरेका थिए । –रासस