९ कार्तिक २०८३, सोमबार

दिपक मनाङ्गेकी श्रीमती पक्राउ

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १० मंसिर । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे) की श्रीमती दिक्षेन लामा मुर्ति चोरीको आरोपमा पक्राउ परेकी छन् ।

प्रहरीले लामालाई हेटौँडाबाट पक्राउ गरेको हो । बहुमूल्य धातुबाट बनेको मूर्ति चोरेको आरोपमा जिल्ला अदालत कास्कीले पक्राउको आदेश दिएपछि प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनु्सार लामालाई पक्राउ गरी कास्की पठाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मनाङ्गेले नै लामालाई मूर्ति राख्न दिएको बताइएको छ ।