
काठमाडौँ, १० मंसिर । नेपालमा गत २४ घण्टामा थप ३ हजार १ सय ४० जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।
योसहित निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । निको हुनेको दर ९२ प्रतिशत पुगेको छ ।
वुधबार थप १ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ ।
हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका मन्त्तालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार ३ सय ८९ जना पुगेको छ ।















प्रतिक्रिया