९ कार्तिक २०८३, सोमबार

वुधबार थप १९ सय ४८ जनामा कोरोना, २८ को मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २ लाख १६ हजार २६ जना पुगेको छ ।

हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका मन्त्तालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार १ सय ४० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । निको हुनेको दर ९२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार ३ सय ८९ जना पुगेको छ ।