– रुपिन्द्र प्रभावी
पोखरा, १० चैत । अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड गीतकार तथा गजलकार डा. कृष्णहरि बराललाई प्रदान गरिने भएको छ ।
गजलकार दीपक समीपको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गरेकोे सिफारिस अनुसार डा. बरालको नाम मूल आयोजक समितिले अनुमोदन गरेको थियो ।
नेपाली गजलमा विद्यावारिधि गर्नुभएका बरालले नेपाली साङ्गीतिक गजल र गीतलाई माथि उठाउन महत्त्वपूर्ण योगदान दिएको भन्दै सो अवार्ड प्रदान गर्न लागिएको अनुपम म्युजिक पोखराले जनाएको छ ।
छनोट समितिमा गीतकार तथा सङगीतकार नवराज बराल र समाजसेवी वीरेन्द्र पालिखे सदस्य तथा कार्यव्रmम संयोजक तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहनुभएको थियो ।
त्यस्तै, आगामी वैशाख २६ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा गरिने दोस्रो अनुपम साङ्गीतिक साँझका अवसरमा अवार्डसँगै प्रदान गरिने अनुपम सङ्गीत सम्मान सङ्गीतकार वसन्त सापकोटा र गायक रामभक्त जोजिजूलाई प्रदान गरिने भएको छ ।
पोखराबाटै साङ्गीतिक यात्रा आरम्भ गरी नेपाली सङ्गीतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सापकोटालाई र पोखरामै रहेर गायनका माध्यमबाट योगदान पु¥याएको भन्दै जोजिजूलाई सो सम्मान प्रदान गरिने बताइएको छ ।
यसै गरी, विभिन्न सरकारी विद्यालयहरुमा कम्प्युटर वितरण गरी ग्रामीण भेगमा कम्प्युटर शिक्षा प्रदान गर्नुका साथै अन्य सामाजिक क्षेत्रमा काम गरेका युवा समाजसेवी पदमराज पौडेललाई अनुपम समाजसेवा सम्मान प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
भिजन एण्ड भ्यालु ओभरसिज, काठमाडौँ मुख्य प्रायोजक तथा बी. ग्लास एण्ड प्लाइ उड र आर. डी. युनिफर्म, पोखरा सहप्रायोजक रहने कार्यव्रmममा काठमाडौँ, पोखरा र दार्जिलिङका विभिन्न कलाकारहरुको साङ्गीतिक प्रस्तुती र नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक अनुराग अधिकारीले जानकारी दिनुभयो ।















प्रतिक्रिया