९ कार्तिक २०८३, सोमबार

बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १२ राउण्ड अश्रुग्यास प्रहार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

बर्दिबासमा ६ वर्षीया हत्या आरोपितलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

त्यही क्रममा प्रदर्शनकारीहरुले बर्दिबास नगर प्रमुखको पुत्ला दहन गर्ने हुँदा झडप भएको हो ।

प्रहरीले भीड नियन्त्रणका लागि करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । त्यसपछि भीड तितरबितर भएको छ ।

मंगलबार प्रहरीको गोली लागेर घाइते न्यौपानेको काठमाडौँमा मृत्यु भएपछि स्थानीय झन् आक्रोशित भएका छन् । स्थानीय प्रशासनले वुधबार विहान ९ बजेदेखि निषेधाज्ञा जारी गरेपनि प्रदर्शन भएको हो ।