९ कार्तिक २०८३, सोमबार

मन्त्री भट्टराईले बिमाबाट प्राप्त रकमले गराए ताप्लेजुङका ३ सय जनाको कोरोना बिमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोरोना बीमा बापतको प्राप्त रकमबाट ३ सय सर्वसाधारणहरुको कोरोना बिमाका लागि सहयोग गरेका छन् ।

मन्त्री भट्टराईले आफ्नो बीमा बापतबाट प्राप्त एक लाख रुपैयाँले गृहजिल्ला ताप्लेजुङका ३ सय जना न्यून आय भएका असहाय, विपन्न, मजदूर तथा विद्याथीहरुको कोरोना बीमामा खर्च गरेका हुन् ।

मन्त्री भट्टराईका स्वकीय सचिवले वुधबार एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धी जानकारी दिएका हुन् ।

कोरोना संक्रमणबाट मुक्त भएपछि प्राप्त रकम मन्त्री भट्टराईले सर्वसाधारणमा खर्च गरेका हुन् ।

यसअघि पनि मन्त्री भट्टराईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट ताप्लेजुङ घर भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गराएका थिए ।