काठमाडौं, १० मंसिर । कर्मचारी संचय कोषबाट ग्राहकहरूले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरूबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
सुबिधाबाट ग्राहकहरूको समय बचत हुनेछ । बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न सक्ने जनाइएको छ ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया