काभ्रे, १० चैत । ‘नेपाल सरकारले अनि तपाइको प्रहरी केन्द्रीय विभागले त प्रवक्ता सम्पुर्ण कार्यालयमा छन् भनेका थिए’ तपाई आए देखि म यही जिल्लामा पत्रकारिता गर्दैछु को हो प्रवक्ता ? म त टेलिभिजनमा रिपोर्टिङ गर्छु न्युज बनाउँदा भ्याइस राख्नुपर्छ, तपाइलाइ सधै भेट्न सकिदैन अरु अधिकृतलाई भन्दा तपाइको नाम लिन्छन् कुरा के हो ? एसि साप भन्दै एक जना पत्रकारले प्रश्न गरे ।
प्रसंग जिल्ला प्रहरी कार्यालय काभ्रेको हो । करिब ८ महिना भयो जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रहरीले जिल्लाका पत्रकारहरु वैज्ञानिक सूचना रोक गरेको । ८ महिना अगाडी काभ्रेमा प्रहरी प्रमुख एसपी अरुण विसी हुँदा सूचनाहरु आदान प्रदान हुने गरेका थिए ।
एसपी विसीले पत्रकार मानवअधिकारकर्मी र प्रहरी मिलेर अगाडी बढेमा समाजका विकृति अन्त्य हुन्छ भन्ने गरेका थिए तर यि एसपीको कुरा के हो भन्दै पत्रकारबीच खास खुस चल्यो ।
मंगलबार जिल्लाको सदरमुकाम धुलिखेलमा जबरजस्तीकरणी न्युनिकरणका विषयमा सरोकारवालासँग गरिएको अन्तरक्र्रियामा उपस्थित पत्रकारहरुले आफुहरु पनि समाजमा भएका विकृतिको अन्त्य होस, समाचार कै आधारमा निर्दोशलाइ कावार्ही नहोस् र अपराधीलाई ऐन अनुसार कार्वाही भन्ने पक्षमा रहेको र कानुन नमिची समाचार संम्प्रेषण गर्ने दायित्व आफुहरु रहेको तर समाजमा भएका विकृतिलाई समाचार बनाउनका लागि सानो सानो कुरा पनि एसपीसाप सँग लिनु प¥यो प्रवक्ता छैन हो भन्दै पत्रकारले प्रश्न गरेसँगै काभ्रे प्रहरी प्रमुख एसपी पुजा सिंह एकाएक असिन पसिन बन्न पुगिन् ।
पत्रकार महासंघका पुर्व अध्यक्ष तथा मानवअधिकार कर्मी भोजराज तिमल्सिनाले प्रहरीसँगै रहेर यो समाजको परिवर्तन गर्ने उद्देश्य पत्रकारहरु रहेकाले पत्रकारहरुलाई सूचना ढिला भयो भन्दै थिए ।
एसपी सिंहले टेलिभिजनमा काम गर्ने पत्रकारलाई तपाइले मैले नभनेको कुरा किन लेख्नु भयो ? मैले पत्रिका हेरेको छु कार्यालयमा पनि राखेकी छु भन्दै एक टेलिभिजन पत्रकार माथी आक्रोशित बनिन् ।
अन्तरक्र्रियामा सहभागि अधिकांश पत्रकारहरुले सूचना नपाएकोमा आक्रोस पोख्दै थिए । तिमल्सिनाले पत्रकारहरुका विषयमा र मिडियाका विषयमा एसपी सिंहलाइ बुझाउँदै थिए ।
एसपी कै कारणले कार्यक्रममा पत्रकार र एसपी सिंहको दाहोरी नै प¥यो । जिल्ला प्रहरी कार्यालय काभ्रेमा ८ महिना अगाडी प्रहरी प्रमुख भएर आएकी पुजा सिंह आउदा ठुला चुनौती थिए ।
पुजा सिंह आउने वित्तिकै पत्रकारसंग अरुण विसिले भेटघाट गराएका थिए । पुजा जिल्ला प्रमुख भएर आउदा सार्कमा आउने पाहुनाहरुलाइ रिट्रिटका लागि सुरक्षा दिनु त एउटा महत्वपूर्ण जिम्मेवारी थियो ।
उनले रिट्रिटमा आएका पाहुनाहरुको सुरक्षा त गरिन तर समाजमा रहेका जनताहरुसंग भने घुलमिल हुन सकिनन् । दशैँका बखत जुवा खेलेका केही टोलीलाइ प्रहरीले पक्राउ ग¥यो ।
नेताको धर्मले सर, यो चाडवाडका बेला सकिन्छ भने सहयोग गर्नु प¥यो यि दाजुभाइहरुलाई एकपटक माफ दिन सकिन्छ भन्दा, उल्टै सरुवा गर्न सक्ने भए गर्नुस् म त्यस्तो काम गर्दिन भन्दै पन्छिन् ।
हुन पनि पुजाको काम नाजयज भने होइन् । नेपाल सरकारले क्रसर सञ्चालनका लागि केही मापदण्ड तयार पारेको थियो । एसपीले फिल्डमा नै पुगेर हेर्ने बताएपछि उनीहरुले व्यवसायीलाई पटक पटक समय दिइन तर महिनौ सम्म गइनन् ।
छिमेकी जिल्लाका व्यवसायीहरुले चै चौतरा बसेर हस्ताक्षर गराउँने मैले चै फिल्डमा नै एसपीलाई लगें भन्दै व्यवसायी उत्साहित बने । केही समयपछि एसपी सिंह पाचखालमा भएको दुर्घटनाको विषयमा विवादमा फसिन ।
त्यहि समयदेखि सिंहमा मिडियासँग नजिक हुन नसकेको रोग अहिले पनि बाँकी छ । प्रहरी भित्र पनि सामान्य किसिमका केशहरुलाई लिएर पुजाले दुःख दिने र पत्रकारसँग नजिक भए त कार्वाही सम्म गरिदिने धम्की दिने गरेको प्रहरी अधिकृतहरुले बताउने गरेका छन् ।
प्रहरीका उच्च तहका अधिकृतहरुले पत्रकारहरुसँगको भेटमा एक पटक भनेका थिए । ‘पुजा सिंह बढी महत्वकांक्षी बन्छिन् तर समाजलाई बुझ्न सक्दिनन् लेखेर राख्नुस्’ के पुजा सिंह मिडिया संग मिल्न नै नसक्ने भएकी हुन् ? किन मिडिया देखि डराएकी छन् पुजा ?
















प्रतिक्रिया