मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

घर फर्किने सन्देश परिवारलाई पठाएर मेलवर्नबाट हराए नेपाली युवा

दैनिक नेपाल २०७७ मंसिर ९ गते ११:५७

सिड्नी, मंसिर ९ । मेलवर्नबाट दुई साता देखि एक जना नेपाली युवा बेपत्ता भएका छन् ।

आकाश श्रेष्ठ नाम गरेका ती युवाले अघिल्लो शुक्रबार साँझ आफ्नो परिवारसँग कुरा गरेर घर फर्किने बताएका थिए । तर, दुई साता वित्न लाग्दा पनि उनी घर आइनपुगेको तथा सम्पर्क समेत नभएकाले परिवारले उनको खोजी थालेका छन् ।

उनी हराएपछि भिक्टोरिया प्रहरीले १९ नोभेम्बरमा प्रेस विज्ञप्ति जारी गर्दै २७ वर्षीय श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराइरहेका जानकारी दिएको छ । प्रहरीले आकाशलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा इष्ट मेलवर्न प्रहरी कार्यलयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित