३ कार्तिक २०८३, मंगलबार

पालमा बास बसेर एसएलसी परीक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १० चैत । जाजरकोटको लिम्सा एसएलसी परीक्षा केन्द्रमा पालमा बास बसेर करिब ४०० भन्दा बढी विद्यार्थी परीक्षा दिन बाध्य छन् ।

परीक्षा केन्द्र नजिक घर नभएका कारण उनीहरु खुल्ला चौरमा पाल बिछ्याएर परीक्षा दिन बाध्य भएका हुन् । पानीको अभावमा उनीहरू नलगाड नदीको पानी पिउँछन् भने परीक्षा सकेर आफैँ खाना बनाई खानुपर्ने बाध्यता छ ।

जिल्लाका खगेनकोट, लहँ, डाँडागाउँ, सक्ला, नायकवाडा, रोकायगाउँ रामीडाँडाका परीक्षा दिइरहेको केन्द्राध्यक्ष गोरखबहादुर सिंहले जानकारी दिनुभयो । परीक्षा केन्द्रबाट अन्य गाविसमा जान एक दिनभन्दा बढी लाग्छ ।

खाना र बास बस्ने समस्याका कारण विद्यार्थी पालमा कोचाकोच भएर बसी परीक्षा दिनुपर्ने बाध्यता भएको खगेनकोटका परीक्षार्थी आयूष चन्दले जानकारी दिनुभयो । रासस