काठमाडौं । मोबाइलबाट सेल्फी खिच्दा युवाहरुले ज्यानै गुमाउनुपरेको छ । सुन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो ।
भारतको नागपुरमा पिकनिकमा गएका ७ जना युवकले मोबाइलबाट सेल्फी खिच्दा ज्यान गुमाएका हुन् । सेल्फी खिच्ने प्रयास गर्दा एकै परिवारका दुई भाईसहित ७ जना युवकको पोखरीमा डुबेर मृत्यु भएको हो ।
नागपुर ग्रामीण प्रहरीका अनुसार कुही तालुकाको मंगरूल पोखरीमा १० जना किशोर युवा पिकनिक मनाउन गएका थिए ।
१० जनामध्ये सात जना डुगांमा चढेर पोखरी घुम्दै थिए । घुम्दै गर्दा युवाहरु राम्रो सेल्फी खिच्न डुगांको एकतर्फी जम्मा भए । त्यसपछि पालैपालो मोबाइलबाट सेल्फी खिच्न लागे ।
एकतर्फी भार बढेपछि डुगां पल्टियो र गहिरो पोखरी खस्यो । डुगां पल्टिएपछि तिन जना युवक चिच्याए । अन्य ४ युवक त्यो बेला सम्म डुबिसकेका थिए ।
चिच्याएपछि पोखरीको छेउमा मान्छेहरुको भिड जम्मा भयो । तर चिच्याउने ३ युवकको पनि डुबेरै मृत्यु भयो । साझको समयमा भएको घटनाले प्रहरीले उनीहरुलाई खोज्न सकेन् ।
दोस्रो दिन विहान मात्रै युवाहरुको शव पोखरीमा फेला परेको थियो । सेल्फी खिच्दा यसरी ७ जना युवकले अकालमै ज्यान गुमाए । मृतक युवाहरुको सनाखत भइसकेको प्रहरीले जनाएको छ । एजेन्सीको सहयोगमा













प्रतिक्रिया